राजनीति

समाजवादी मोर्चाले सरकारविरुद्ध प्रदर्शन गर्ने

१६ माघ, काठमाडौँ । समाजवादी मोर्चाले चैत २४ गते सरकारविरुद्ध जनप्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको छ।

नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बुधबार बसेको मोर्चाको बैठकले वर्तमान सरकारको कार्यशैली र देशमा अहिले देखिएका सबै समस्याका विरुद्ध चैत २४ गते जनप्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको हो।

बैठकमा हिजो काठमाडौंमा आयोजना गरिएको समाजवादी मोर्चाको सभाबारे पनि समीक्षा भएको स्रोतले जनाएको छ । नेसपासहित देशैभर मोर्चाको संगठन विस्तार गर्ने निर्णय पनि बैठकले गरेको छ ।