१६ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री बिश्व प्रकाश शर्माले समाजिक सञ्जाल बिधेयक कांग्रेससंग सल्लाह नै नगरी ल्याएको भन्दै आपत्ति जनाएका छन् ।
उनले प्रवक्ता छँदा बोकेको दृष्टि, महामन्त्री हुँदा बदलिन्न ! भन्दै कुनैपनि हालतमा विधेयक मान्य नहुने बताएका छन् । उनले देश ढुक्क रहोस्, दृस्टी बदलिन्न, विधेयक बदलिन्छ भन्दै बिधेयक फिर्तँ हुनेमा ढुक्क हुन आह्वानसमेत गरेका छन् ।
उनले ट्वीट गर्दै भनेका छन्,
प्रवक्ता छँदा बोकेको दृष्टि, महामन्त्री हुँदा बदलिन्न !
देश ढुक्क रहोस्, दृस्टी बदलिन्न, विधेयक बदलिन्छ !
सामाजिक सञ्जाल मर्यादित बनाउन सत्ता-प्रतिपक्ष, अन्य दल,सरोकारवाला र नागरिकपंक्तिबीच गहन संवाद जरुरी छ, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने हदसम्म विधेयक ठाडै अस्वीकार्य छ’’
