१७ माघ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्ने भएको छ। बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बस्न लागेको हो।
बैठकमा भोलि शुक्रवारदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनमा सांसदहरूको प्रस्तुति र उठाउने एजेन्डाबारे छलफल हुने बुझिएको छ। बैठकमा माओवादी केन्द्र संसदीय दलका नेता एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहालले संसद् अधिवेशनमा आफ्नो दलका सांसदहरूलाई एजेन्डाबारे जानकारी गराउने छन् ।
यस अघि संसद्को अधिवेशन नबोलाएर विभिन्न अध्यादेश मार्फत सरकार सञ्चालन गरेको भन्दै विरोध गर्दै आएको छ ।