अन्तर्राष्ट्रिय

अमेरिकामा हेलिकप्टर र विमान दुर्घटना : पोटोम्याक नदीबाट १८ शव निकालियो 

१७ माघ, काठमाडौँ ।अमेरिकामा उडिरहेका विमान र हेलिकप्टर आपसमा ठोकिँदा भएको दुर्घटनामा अहिलेसम्म १८ शव निकालिएको छ। आकाशमै ठोक्किएर दुर्घटना भएपछि विमान र हेलिकप्टर नदीमा खसेका थिए। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार  रेगन वासिङ्टन राष्ट्रिय विमानस्थलनजिकै चालक दलका ४ सदस्यसहित ६४ जना सवार विमान र ३ सैनिक चढेको हेलिकप्टर आपसमा ठोकिएर पोटोम्याक नदीमा खसेका थिए। 

प्रहरी अधिकारीहरूले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई बताएअनुसार उद्धार टोलीले घटनास्थलबाट स्थानीय समय बुधबार राति ११:३० बजेसम्म १८ वटा शव निकालेको छ। खोजी कार्य जारी भएता पनि  अहिलेसम्म कोही पनि जीवित फेला पार्न सकेको छैन। 

कान्सासको विचिटाबाट उडेको अमेरिकन इगल फ्लाइट ५३४२ विमान अवतरण गर्न खोजिरहेका बेला सेनाको हेलिकप्टरसँग ठोकिएको थियो।