राजनीति

मोर्चा गठन गर्ने उद्देश्यका मधेस केन्द्रित ८ दलको बैठक  सिंहदरबारमा 

 मधेस केन्द्रित दलहरूको बैठक सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा सुरु भएको हो ।  सत्ता साझेदार र प्रतिपक्षमा रहेका दलहरू मोर्चा गठन गर्ने उद्देश्यका साथ बैठकमा सहभागी भएका छन्। 

मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न ८ दल प्रतिनिधि  बैठकमा उपस्थित रहेका छन् । जनता समाजवादी पार्टी (जसपा), जनता समाजवादी पार्टी नेपाल (जसपाने ), जनमत पार्टी,  नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतिशील पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) सहभागी छन् ।

जसपाबाट रेणु यादव, जनमतबाट शरदसिंह यादव, जसपा नेपालबाट राजकिशोर यादव, रामकुमार शर्मा र मनिष सुमन, नागरिक उन्मुक्तिबाट लालवीर चौधरी र गंगा चौधरी सहभागी छन् । 

यस्तै लोसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट रामनरेश राय, केशव झा र सन्तोष मेहता, जनता प्रगतिशीलबाट  हृदयेश त्रिपाठी, शिवजप् यादव र सब्बिर हुसैन तथा तमलोपाबाट– वृषेशचन्द्र लाल र विजय सिंहको उपस्थिति रहेको छ ।