१८ माघ, काठमाडौँ । नेपालमा मिशलिन टायरको आधिकारिक विक्रेता सिप्रदी अटोपार्टस प्रा.लि.ले नेपालको सबैभन्दा ठूलो अनलाइन स्टोर दराजमा आफ्नो मिशलिन टायरहरु उपलब्ध गराएको छ । सिप्रदी अटोपार्टसले ग्राहकको सुविधालाई उच्च प्राथमिकता दिँदै सन् २०२५ जनवरीदेखि मिशलिन टायर दराजमा उपलब्ध गराएको हो ।
मिशलिनका दुई वटा मोडेल दराजमा विशेष छुटसहित सिप्रदी अटोपार्टसले उपलब्ध गराएको छ ।
अब ग्राहकहरुले छिटो छरितो र सहज रुपमा मिशलिन सिराक स्ट्रीट टि.एल.११०/९०–१८ ६१ पि र मिशलिन सिटी प्रो टि.टी. ९०/९०–१९ ५२ पि टायर खरिद गर्न सक्ने छन् । पूर्वनिर्धारित मूल्यमा विशेष छुटसहित दराजमा टायर उपलब्ध गराइएको हो । जसअनुसार, पहिले ११,५९९ मूल्य पर्ने मिशलिन सिराक स्ट्रीट टि.एल ९, ९९९ मा दराजमा ग्राहकले प्राप्त गर्न सक्ने छन् । यस्तै, मिशलिन सिटी प्रो टि.टी रु.७,६९९० मा यसअघि बिक्री हुँदै आएकोमा अब विशेष छुटसहित रु.५, ५५५ मा नै सुपथ मूल्यमा उपलब्ध गराएको छ ।
यसबाट ग्राहकहरुलाई थप टेवा पुग्ने र नक्कली टायर खरिदको जोखिम समेत हट्ने छ । अगामी दिनमा सिप्रदी अटोपार्टसले मिशलिनका अन्य टायरहरु पनि दराजमा उपलब्ध गराउने छ । जसले गर्दा ग्राहकवर्गहरुले सुपथ मूल्यमा मिशलिन टायर पाउन सक्ने छन् । सिप्रदी अटोपार्टसले यो विशेष छुटमा मिशलिन टायर दराजबाट खरिद गरी मौकाको फाइदा उठाउन आफ्ना सम्पूर्ण ग्राहकहरुमा हार्दिक अनुरोध गरेको छ ।
।