१८ माघ, काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले सांसद पदबाट निलम्बन फुकुवाको माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन् ।
सभामुख घिमिरेलाई भेटेर रविले आफ्नो सांसद पद निलम्बन फुकुवाको माग गरेका हुन् ।
उनले आफूविरुद्ध परेको मुद्दाबाट धरौटीमा रिहा भइसकेको हुँदा सांसद पदबाट निलम्बन गर्न नहुने माग राखेका छन् ।
लामिछानेलाई संसद् सचिवालयले गत पुस ८ गते सांसद् पदबाट निलम्बन गरेको थियो । उनी उनीमाथि लागेको सहकारी ठगीको मुद्दा जिल्ला अदलातमा विचाराधीन छ । पर्सामा अझै अनुसन्धान भइरहेको छ ।