राजनीति

रास्वपा सांसदद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार : बैठककक्ष छोडेर बाहिरिए

१८ माघ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसदहरुले प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठक बहिष्कार गरेका छन् ।

रास्वपाले आजको बैठकमा आकस्मिक समयमा बोल्नु पाउनुपर्ने माग राखेको थियो । तर सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्ने कार्यसूची तय भएको भन्दै आकस्मिक समय नरहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा रास्वपाले करिब आधा घण्टा उठेर बैठक अवरोध गरेको थियो । विरोधकै बीच सभामुख घिमिरेले बैठकको काम कारबाही अगाडि बढाउनु भएपछि रास्वपा सांसदहरु बैठककक्ष छोडेर बाहिरिएका हुन् ।