राजनीति

रास्वपाले बहिस्कार गरे पनि सभामुखले चलाए संसद् बैठक

 १८ माघ, काठमाडौं । प्रतिपक्षी दल रास्वपाले बहिस्कार गरे पनि सभामुख देवराज घिमिरेले संसद् बैठक अघि बढाएका छन् । बैठक सुरु हुने बित्तिकै रास्वपाका सांसदले उठेर अवरोध गरेपछि सभामुखले पटक पटक दलीय आधारमा धारणा राख्न समय दिने भने पनि विरोध नरोकिए पछि बैठक अघि बढाएका हुन्। 

रास्वपा सांसदहरू १५ मिनेटका लागि भन्दै संसद् बैठक कक्षबाट बाहिरिएका छन् भने अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् बैठकलाई सम्बोधन गरिरहेका छन्। 

 रास्वपाले आफ्नो पार्टीको सभापति रवि लामिछानेलाई सांसदबाट निलम्बन गरिएकोमा विरोध गरेका हुन् । उनीहरूले निलम्बनको प्रक्रिया नमिलेको भन्दै निलम्बन फुकुवा हुनुपर्ने माग गर्दै आएका छन् ।