१८ माघ, काठमाडौं । बहिष्कार गरेर बाहिरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू प्रतिनिधिसभा बैठकमा फर्किएका छन् ।
केही बेरअघि १५ मिनेटको लागी भन्दै बैठक बहिष्कार गरेका सांसदहरू बैठकमा सहभागी भएका हुन् ।
सभामुख देवराज घिमिरेले अवरोधकैबिच बैठक सञ्चालन गरेपछि रास्वपाले बैठक छोडेर बाहिरिएको थियो। उनीहरूले बैठकको सुरुमै आकस्मिक समय छुट्टाएर आफूहरूलाई बोल्न दिनु पर्ने माग राखेका थिए ।