१८ माघ, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यो सरकार सकारात्मक रूपमा अघि बढेको बताएका छन् । आज सङ्घीय संसद्को हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सभापति देउवाले सरकार सकारात्मक रूपले अघि बढेको भन्दै आगामी दिनमा पनि राम्रो काम गर्दै जानेमा आफू विश्वस्त गरेको समेत बताए। देउवाले भने, ‘कुनै पनि सरकारको समग्र मूल्याङ्कन गर्न ६ महिनाको समय पर्याप्त हुँदैन । सरकारले यो अवधिमा गरेका काम राम्रा छन् । त्यसैले भविष्यमा असल परिणाम देखिने मैले अनुभव र अनुभूति गरेको छु ।’
संसद् बैठकलाई छोटो सम्बोधन गरेका उनले नेकपा एमाले र काँग्रेसबिच भएका ७ बुँदे सहमति पूर्ण रूपमा कार्यान्वयन हुनेमा आफूले विश्वास लिएको पनि बताए ।