१८ माघ, काठमाडौं । गायिका एलिना चौहानले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन् । आज काठमाडौँ जिल्ला अदालतमा उनले पति विष्णु सापकोटालाई विपक्षी बनाएर सम्बन्ध विच्छेद मुद्दा दायर गरेकी हुन्।
उनले सम्बन्ध विच्छेद मात्रै गरी पाउ भन्दै अदालतमा मुद्दा दायर गरेकी हुन्। निवेदनको एक अंशमा भनिएको छ, ” म कलाकारिताको क्षेत्रमा काम गर्ने भएकोले कार्यक्रममा सहभागी हुन जाँदा कहिले काहीँ केही अबेर सम्म पनि बस्नु पर्ने हुँदा विपक्षी पतिले अनेक शङ्का उपशङ्का गर्ने गरेको बताएकी छन्।
उनले चरित्रमाथि शङ्का उपशङ्काको दृष्टिले हेरी अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा हामी दुई बिचको वैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडी बढ्न नसक्ने भएको कारण कागजी रूपमा मात्र रहेको पति पत्नीको सम्बन्धमा रहनु बस्नु भन्दा पति पत्नीको नाता सम्बन्ध विच्छेद गराई पाऊँ भनी निवेदन दिएको उल्लेख गरेकी छन्।



चौहानले गत वैशाख ५ गते सापकोटासँग विवाह गरेकी थिइन्। उनको स्थायी घर झापा हो। यता अस्ट्रेलियामा बस्दै आएका सापकोटा भने बागलुङका हुन् ।