अन्तर्राष्ट्रिय

अमेरिकन विमान दुर्घटना: अझै १४ जना बेपत्ता 

१८ माघ, काठमाडौं । बुधवार दुर्घटनामा परेको अमेरिकन एयरलाइन्सको विमानमा परेका १४ जना अझै बेपत्ता रहेको बताइएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अझै १४ यात्रु हराइ रहेका हुन्। 

खोजी कार्य भइरहेता पनि अत्यधिक चिसोका कारण हाललाई स्थगित गरिएको छ। विमानमा सवार सबै ६७ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

हेलिकप्टरभित्र रहेका दुई सैनिकहरूलाई अझै बाहिर ल्याउन नसकिएको समाचार आइरहेका छन्। उनीहरूलाई बाहिर ल्याउनको लागि ठुला क्रेन प्रयोग गरिएको छ। सिएनएनका अनुसार हराइरहेकाहरू विमान भित्र अड्किएका छन्।