१८ माघ, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
निगमले आज सूचना प्रकाशित गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टिीतेलमा ४ रुपैयाँ बढाएको हो। निगमले हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर अमेरिकी डलर ४३ का दरले वृद्धि गरेको छ।
बढेको मूल्य आज मध्यरातिदेखि लागू हुनेछ।
