अपराध

काँग्रेस नगर सभापति मृत भेटिए

१९ माघ, काठमाडौं । कञ्चनपुरमा नेपाली काँग्रेसका भीमदत्त नगरपालिका सभापति अच्युत कलौनी मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज बिहान भीमदत्त नगरपालिका–१८ को मामाभान्जा चोक नजिकै उनी मृत भेटिएका हुन् ।

पौने ८ बजेको समयमा उनी मृत अवस्थामा फेला परेको बताइएको छ। कलौनीको शरीरमा बाहिरी चोट देखिको छैन तर घोप्टो अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । 

घटना रहस्यमय भएकाले अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुर मगाइएको छ। तालिम प्राप्त कुकुरको प्रयोगपछि मात्र बाँकी अनुसन्धानको काम हुने प्रहरीको भनाई छ ।