अपराध

सक्कली डिएसपी हुँ भन्दै ठगी गर्ने नक्कली डिएसपी पक्राउ

१९ माघ, काठमाडौँ। आफूलाई नेपाल प्रहरीको सक्कली डिएसपी हुँ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सिराहाको लाहान नगरपालिका-२० बस्ने ३० वर्षीय दीपक भनिने धनिकलाल साह पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय ढल्केबरको टोलीले उनलाई धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ बाट पक्राउ गरेको हो। आफूलाई डिएसपी हुँ भन्दै स्थानीयबाट ५० हजार रुपैयाँ ठगी गरेको भनी इलाका प्रहरी कार्यालय ढल्केवरमा परेको जाहेरीको आधारमा साह समातिएका हुन्। 

साहलाई ठगी कसुरमा जिल्ला अदालत धनुषाबाट म्याद लिएर अनुसन्धान भइरहेको बताइएको छ।