१९ माघ, काठमाडौँ । राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नहुने भएको छ। नेपाल क्रिकेट सङ्घ क्यानले पुन: नवीकरण नगर्ने निर्णय गरेको हो।
उनीसँगको दुई वर्षको सम्झौता फेब्रुअरीमा सकिएको छ। सम्झौता सकिएसँगै नवीकरण नगर्ने निर्णय भएको क्यानले जनाएको छ।
मोन्टीको प्रशिक्षणमा नेपाली क्रिकेट टिमले आईसीसी टी-२० विश्वकप १० वर्षपछि खेलेको थियो। विगत वर्षहरूको तुलनामा राम्रो प्रदर्शन गरेको नेपाली क्रिकेट टिमले अब अर्को नयाँ प्रशिक्षक को पाउँछ त्यो भने हेर्न बाकी छ।