राजनीति

अमेरिकालाई क्यानेडियन प्रधानमन्त्रीको जवाफ: हामी पनि २५ प्रतिशत कर लगाउनेछौँ 

२० माघ, काठमाडौँ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफूले पनि अमेरिकी सामानहरूमा २५ प्रतिशत  कर लगाउने बताएका छन्। अमेरिकाले क्यानडाबाट आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने निर्णय गरेपछि क्यानेडियन प्रधानमन्त्रीले पनि कर लगाएरै जवाफ फर्काएका हुन्। 

क्यानडाबाट अमेरिका आउने सामानमा २५ प्रतिशत कर लगाउने निर्णय ट्रम्पले अनुमोदन गरेको भोलिपल्ट नै क्यानडाका प्रधानमन्त्री ट्रुडोले पत्रकार सम्मेलन मार्फत करको जवाफ क्यानडाले पनि कर लगाएरै दिने बताएका हुन्। 

ट्रुडोले अमेरिकीहरूसँग सिधै कुरा गर्न चाहेको बताउँदै यो निर्णयको प्रत्यक्ष असर मूल्य र अमेरिकी अर्थतन्त्रमा पर्ने उनको भनाई छ। 

ट्रुडोका अनुसार क्यानाडाले १५५ अर्ब डलर बराबरको अमेरिकी उत्पादनमा २५ प्रतिशत भन्सार लगाउने छ। बाँकी १२५ अर्ब डलर मूल्यका उत्पादनमा कर आगामी २१ दिनमा लागू गरिनेछ।