२४ माघ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले ल्याएको विधेयकबारे नेपाली काँग्रेसको आधिकारिक धारणा माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले काँग्रेससँग सामाजिक सञ्जालसम्बन्धी विधेयकबारे आधिकारिक धारणा माग गरेका हुन् ।
दाहालले भने’, म प्रधानमन्त्रीलाई प्रश्न गर्दिनँ । नेपाली काँग्रेसलाई सोध्न चाहन्छु । के हो यसमा नेपाली काँग्रेसको आधिकारिक धारणा ? हिजो त तपाईँहरू विपक्षमा उभिनुभएको थियो । आज कता उभिनुभएको हो ?,’ उनले भने ।
उनले यो सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याउनुमा सरकारको नियत प्रकट भएको भन्दै प्रधानमन्त्री ओलीले आफ्नो पार्टीजस्तै प्रश्न, आलोचना र विवेकमुक्त देश बनाउन खोजेको आरोप लगाए ।