राजनीति

धरौटिमा रिहा भएपछि रविले खुशी हुर्दै भने : चितवन देवभूमि हो, यहाँ देवताजस्ता मान्छे बस्छन्

२४ माघ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले चितवनलाई देवभूमिु भन्दै यहाँबाट परिवर्तनको आगाज भएको बताएका छन्।

आज चितवन जिल्ला अदालतबाट धरौटीमा रिहा भएका लामिछानेले प्रतिक्रिया दिने क्रममा भने, चितवन भनेको देवभूमि हो, जहाँ देवता बस्ने स्थान हो। यस भूमि बाट देशलाई न्याय मिल्नेछ भन्नेमा म पूर्ण विश्वस्त छु।

उनले यसलाई कुम्भमेलामा स्नान गरे जस्तै पवित्र स्थानको रूपमा व्याख्या गर्दै, हाम्रो देवघाटमा स्नान गर्नु भनेको कुम्भमेलामा सयौंपटक स्नान गर्नु बराबर हो। यस कारण यस ठाउँबाट परिवर्तनको गति नरोकिनेछ।

लामिछानेले चितवनलाई अघिल्लो निर्वाचनमा नै परिवर्तनको सुरुआत गर्ने स्थानका रूपमा प्रस्तुत गर्दै, यसलाई देशभर फैलाउने दाबी गरे। ‘चितवनले परिवर्तनका लागि उद्घोष गरिसकेको छ। यो देशव्यापी हुनेछ। परिवर्तन जन्माउनका लागि संघर्ष गर्नु पर्छ।’

यसैबीच, चितवन जिल्ला अदालतले उनलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।