२७ माघ, काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभा बैठक आज १ बजे बस्दै छ । गत १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशन अन्तर्गतको यो तेस्रो बैठक बस्न लागेको हो ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन पेस गर्ने, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
यसका साथै गृहमन्त्री रमेश लेखकले विभिन्न पाँच वटा विधेयक प्रस्तुत गर्ने, अर्थमन्त्री पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको बैङ्किङ कसुर तथा सजाय विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यसूची छ ।
राष्ट्रिय सभा बैठक पनि आज दिउँसो सवा १ बजे बस्दै छ ।
