बाग्मती

थारू महिला समाजको अध्यक्षमा अनिता

२७ माघ, काठमाडौँ । अनिता चौधरीको अध्यक्षतामा थारू महिला समाज नेपालको केन्द्रीय समिति गठन भएको छ । समाजको छैटौँ राष्ट्रिय महाधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएको हो ।

समाजको उपाध्यक्षमा इन्दु चौधरी, महासचिवमा मायाकुमारी चौधरी, सचिवमा सरला चौधरी र कोषाध्यक्षमा चिन्तामणि चौधरी निर्वाचित भएका छन् ।

केन्द्रीय सदस्यमा बन्दना चौधरी, सुशीला चौधरी, सीता चौधरी, सविता चौधरी, शशीकुमारी चौधरी, बबिता चौधरी, पिंकीकुमारी चौधरी र सुशिलाकुमारी चौधरी रहेकी छिन् ।

थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले थारू महिलाहरू अब थप सशक्तिकरणमा जोड दिँदै नयाँ कार्य समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

थारू भाषा साहित्य केन्द्रका अध्यक्ष (भाषाविद्) भुलाई चौधरीले थारू समुदायले आफ्ना पहिचानका रूपमा रहेको भाषा, संस्कृतिलाई संरक्षण गर्दै जानुपर्ने आवश्यकता औँल्याए । कार्यक्रममा थारू समाजलाइ समाजलाई स्थापनाकालदेखि नै सल्लाह र सहयोग गर्नेहरूलाई सम्मान गरिएको थियो ।