२८ माघ, काठमाडौँ । प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई हिम्मत भए संसद् भवन, सिंहदरबार भत्काउन चुनौती दिएका छन्। आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कवाडी व्यवसायीमाथिलाई धरपकड गर्दै डोजर चलाइएको विषयलाई लिएर मेयर बालेनलाई चुनौती दिएका हुन्।
बलेनले हिट्लर शैलीमा कवाडी व्यवसायीमाथि आक्रमण गरेको भन्दै उनले भने,’हामी २०७२ को गणतन्त्र संविधान अन्तर्गत छौँ। काठमाडौँ सबै नेपालीको राजधानी हो , यहाँको मेयरलेको निर्देशनमा हिट्लर शैलीमा हिजो २७ गते कवाडीमाथि डोजर चलाइयो। मजदुर घाइते बनाइयो। घाइतेहरू ट्रमा सेन्टरमा छन्।’
उनले बालेनलाई च्यालेन्ज गर्दै भने’,बालेनलाई मेरो च्यालेन्ज छ, सक्छौ भने संसद् भवन भत्काऊ, सिंहदरबार सर्वोच्च रामशाह पथमा रहेको सर्वोच्च अदालत भत्काएर देखाऊ अब यो शैली चल्दैन। हरेक नेपालीको एक ठाउँबाट अर्को ठाउँमा गएर बस्ने अधिकार छ।’