आर्थिक

नेपाल लाइफको २५औँ वार्षिक साधारण सभा सम्पन्न

२८ माघ, काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको २५औँ वार्षिक साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा आज मिति २०८१ साल माघ २८ गते होटल भिष्वा, बीरगंज, पर्सामा सम्पन्न भएको छ ।

यस अवसरमा संचालक समितिका तर्फबाट अध्यक्षबाट प्रस्तुत भएको आ.व.२०८०-८१ को वार्षिक कार्य प्रगति प्रतिवेदन छलफल गरि पारित गरिएको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०८०-८१ को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरिएको छ । यस सभाले आ.व. २०८१-८२ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ ।

साधारण सभाले आ.व. २०८०-८१ को वितरण योग्य मुनाफाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी रु. ८,२०,७९,६६,५५४ को जम्मा २१.०५% ले हुन आउने रकम १,७२,७९,९२,९५९ लाभांशको रुपमा प्रदान गर्ने जसमा १०% बोनस शेयर र ११.०५% नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशको कर सहित प्रदान गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

अध्यक्ष गोविन्द लाल संघईले जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिहरु बीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरि अर्को सुनौलो यात्रा तर्फ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । कम्पनीले आफ्नो व्यापार र सेवामा अन्तर्राष्ट्रिय व्यावसायिक मापदण्डलाई अवलम्बन गरिरहेको कुरा बताए । कम्पनीको निरन्तर विकासको लागि दीर्घकालिन रणनीति निर्माण गर्न, Learning Management System लाई प्रभावकारी बनाउन, ग्राहकलाई थप स्तरिय सेवाको अनुभूति गराउन, Automation को प्रयोगबाट समयको बचत र लागत घटाउन, भविष्यमा कम्पनीलाई डिजिटल रुपमा रुपान्तरण गर्न कार्य आरम्भ गरिसकिएको कुरा बताए । साथै, कम्पनीले Risk Management Framework तयार गरी व्यवसायसँग सम्बन्धित जोखिमहरुको समेत उचित व्यवस्थापन गरिरहेको जानकारी गराए ।

संचालक समितिका अध्यक्ष गोविन्द लाल संघइले साधारण सभामा शेयरधनीहरुले राखेको सुझावहरुलाई सकरात्मक रूपमा लिईने बताए । अध्यक्ष संघईले निरन्तर सहयोग, संरक्षकत्व र शुभेच्छा प्रदान गर्ने सबै शेयरधनीहरु र कम्पनीका सम्पूर्ण बीमितहरुलाई संचालक समितिको तर्फबाट हार्दिक आभार व्यक्त गरे । नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल बीमा प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग लि. र अन्य सम्बन्धित निकायहरुबाट प्राप्त निरन्तर सहयोग र मार्ग निर्देशनका लागि कृतज्ञता व्यक्त गरे । कम्पनीको लक्ष्य हासिल गर्न निरन्तर कार्य गर्ने कर्मचारीहरु, समस्त अभिकर्ताहरु र कम्पनीको उत्थानप्रति गहन अभिरुचि, नियमित नियमन, बहुमूल्य सुझाव एवं समय प्रदान गर्नु हुने संचालक समितिका सदस्यहरुलाई पनि हार्दिक धन्यवाद ज्ञापन गरे ।