२९ माघ, काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने भएको छ। आज मङ्गलवार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको पार्टी संसदीय दलको बैठकले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको हो।
जसपाले अध्यादेशबारे अध्ययन गर्न राजकिशोर यादवको संयोजकत्वमा बनाएको कार्यदलको प्रतिवेदनमा कुनै पनि अध्यादेश स्वीकार्न नसक्ने उल्लेख थियो।
आज बसेको संसदीय दलको बैठकले सरकारले सदनमा पेस गरेको अध्यादेशमा भूमिसम्बन्धी अध्यादेश स्वीकार गर्न नहुने निष्कर्ष निकालेको हो।