राजनीति

नेपाल समाजवादी पार्टीको अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित 

१ फागुन, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को  प्रथम महाधिवेशनले अध्यक्ष पदमा डा.बाबुराम भट्टराईलाई  निर्वाचित गराएको छ। सम्मेलन पछि नेतृत्व छनोटको लागी भएको मतदान मार्फत भट्टराई अध्यक्ष पदमा निर्वाचित भएका हुन्। 

 अध्यक्ष पदमा डा. भट्टराई ६११ मतले निर्वाचित बनेका हुन्। अध्यक्षका अर्का उम्मेदवार नेत्रप्रसाद चापागाईँले जम्मा ७१ मत पाए।  

यस्तै गणना भएको मतमध्ये उपाध्यक्षका प्रत्यासी ईश्वर रिजालले ३७४ मत पाएका छन् भने डा. जनक शाहले ३२२ मत पाएका छन् ।

जम्मा ८२२ जना प्रतिनिधिहरूले नेतृत्व छनोटको लागी मतदान गरेका थिए। माघ २९ गते भएको निर्वाचनको मतगणना आज सकिएको हो।

प्रवासको केही मत भने जोड्न बाँकी छ। मतान्तर केही फरक हुने सक्ने आंकलन गरिएको छ। साँझ पाँच बजे पत्रकार सम्मेलनमार्फत आधिकारिक  नजिता सार्वजनिक गरिएको बताइएको छ।