सूचना प्रविधि

DishHome इन्टरनेटको Summer Speed अफर सार्वजनिक !

१ फागुन, काठमाडौँ । डिशहोमले आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै Summer Speed अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत, 100 Mbps, 200 Mbps र 300 Mbps का वार्षिक तथा २४ महिने प्याकेजहरूमा थप ३ महिना बोनसको सुविधा उपलब्ध हुनेछ। साथै, ग्राहकहरूले डिशहोम ईन्टरनेट वार्षिक जडानमा निस्शुल्क फाइभ(जी राउटर प्राप्त गर्ने अवसर पनि पाउने छन्।

यस अफरका अनुसार, डिशहोम इन्टरनेटको 100 Mbps वार्षिक जडानको राउटर तथा भ्याट सहितको मूल्य रु 8500, 200 Mbps वार्षिक जडान राउटर तथा भ्याट सहितको रु 11500 र 300 Mbps वार्षिक जडान राउटर तथा भ्याट सहितको 13500 रहेको छ।

यो अफर नयाँ र पुराना ग्राहकहरूको लागि समान रूपमा उपलब्ध छ। पुराना ग्राहकहरूले आफ्नो वार्षिक प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकहरूले वार्षिक इन्टरनेट जडान गर्दा यस अफरको फाइदा लिन सक्नेछन्।

नयाँ जडान गर्न चाहने वा आफ्नो प्याकेज रिचार्ज गर्न चाहने ग्राहकहरूले नजिकको डिशहोमको अधिकारिक डिलरसँग सम्पर्क गरी यो अफरको फाइदा उठाउन सक्नेछन्।