१ फागुन, काठमाडौँ । ठमेलमा डिउटीमा रहेका प्रहरीमाथि कुटपिट गरेको आरोपमा अनेरास्ववियुका विद्यार्थी नेता कमलराज जोशी पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार जोशीलाई बिहीबार दिउँसो नयाँ बानेश्वरबाट नियन्त्रणमा लिइएको हो।
माघ २४ गते राति ठमेलमा दुई प्रहरीमाथि कुटपिट भएको घटनाको सीसीटीभी फुटेज सार्वजनिक भए पनि जोशीमाथि तत्कालै कारबाही अघि नबढाइएको थियो। तर, घटनापछि सरकार र प्रहरीले उनीहरूमाथि राजनीतिक संरक्षण दिएको भन्दै आलोचना बढेपछि प्रहरी जोशीलाई पक्राउ गर्न बाध्य भएको बताइएको छ।
पक्राउ परेका विद्यार्थी नेता अमृत साइन्स क्याम्पसका हुन्।