राजनीति

सभापति देउवाले बोलाए आफू निकट नेताहरूलाई निवासमा, महाधिवेशनको तयारी लाग्न दिए निर्देशन 

२ फागुन, काठमाडौँ । नेपाली काँग्रेसका संस्थापन पक्षको छुट्टै सकिएको छ। सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहानै देखि बसेको बैठक सकिएको हो।

 सभापति देउवाले संस्थापन पक्षका शीर्ष नेताहरूसँग छलफल गरेका हुन्। बुढानीलकण्ठ निवासमै बोलाएर देउवाले गोपालमान श्रेष्ठ, पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशाङ्क कोइराला, विजय गच्छदार, कृष्ण सिटौला, बालकृष्ण खाँण, उमाकान्त चौधरी, एनपी साउद र प्रकाशशरण महत लगायतका नेताहरूलाई बोलाएर छलफल गरेका हुन्। 

छलफलमा पार्टीको आगामी महाधिवेशनलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे कुरा भएको बताइएको छ।  बैठकमा सभापति देउवाले महाधिवेशनको तयारीमा लाग्न सहभागी सबै नेताहरूलाई निर्देशन दिएको बुझिएको छ। पार्टीको विरासतलाई नभुल्न, आगामी महाधिवेशनको तयारी साथै महाधिवेशनलाई कसरी सुदृढ बनाउने विषयमा ध्यान दिन सभापति देउवाले निर्देशन दिएको बताइएको छ। 

देउवालाई दुई-दुई पटक सभापति बनाउन सहयोग गर्ने नेताहरूले बुढानीलकण्ठ पुगेर भेट गरेको सहभागी एक नेताले बताए। उनका अनुसार १० औँ महाधिवेशन देखि अहिलेसम्म सँगै भएका नेताहरू बुढानीलकण्ठ पुगेका हुन्। उनले पार्टी सभापतिमा शेरबहादुर देउवालाई दुई-दुई पटक निर्वाचित गराउन भूमिका खेलेका नेताहरू बुढानीलकण्ठ पुगेर भेट गरेको बताए। छलफलमा पार्टीको आन्तरिक राजनीति र समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको उनको भनाइ छ। 

यस प्रकारका छलफल जारी राख्ने गरी आजको बैठक सकिएको ती नेताले जानकारी दिएका छन् ।