२ फागुन, वासिङ्टन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिका गाजाका विषयमा अरब राष्ट्रहरूको नयाँ प्रस्ताव सुन्न आतुर रहेको बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको सम्पूर्ण जनसङ्ख्यालाई विस्थापित गर्ने योजना सार्वजनिक गरेपछि अरब समुदायबाट यसको व्यापक विरोध भएको थियो ।
विदेशमन्त्री रुवियोले इजिप्ट र जोर्डनसँग वासिङ्टनमा भएको वार्तापछि साउदी अरब, संयुक्त अरब इमिरेट्स युएईका साथै इजरायलमा रहँदा आफूले उनीहरूका विचारबारे छलफल गर्ने विश्वास व्यक्त गरेका छन्।