प्रदेश 1

जन्मदिनमा प्रधानाध्यापकद्वारा विद्यार्थीलाई पोसाक वितरण

३ फागुन, इलाम । जिल्लाको इलाम नगरपालिका–१२ स्थित रत्नलक्ष्मी आधारभूत विद्यालयका प्रधानाध्यापक उमाकान्त भट्टराईले आफ्नो जन्मदिनको अवसरमा आफ्नै विद्यालयका बालबालिकालाई पोसाक वितरण गरेका छन् ।

प्रधानाध्यापक भट्टराईले शुक्रबार ३५ जना विपन्न विद्यार्थीलाई पोसाक वितरण गरे। प्रधानाध्यापक भट्टराईले जन्मदिनको अवसर पारेर ३५ जना विपन्न विद्यार्थीलाई विद्यालय पोसाक दिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष नविन लिङदमले जानकारी दिए ।

विद्यालय पोसाक किन्नसमेत समस्या पर्ने अभिभावकलाई सहयोग हुनका साथै बालबालिकालाई पठनपाठनमा सुहयोग गर्ने उद्देश्यले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीलाई पोसाक वितरण गरेको प्रधानाध्यापक भट्टराईले बताए ।

“मेरो जन्मदिनको अवसरमा केही सकरात्मक र रचनात्मक काम गरौँ भन्ने मनमा लागेकाले विद्यार्थीलाई पोसाक सहयोग गरेको हुँ,” प्रधानाध्यापक भट्टराईले भने, “अबदेखि म हरेक वर्ष आफ्नो जन्मदिनमा यस्तै काम गर्नेछु ।”

प्रधानाध्यापक भट्टराईले अन्य विद्यार्थीलाई शैक्षिक सामग्री (कपी र डटपेन)उपहार दिएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन लिङ्दमको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष अध्यक्ष यामबहादुर कटुवाल, सदस्य मुकेश कटुवाल, अभिभावक कुमार पौडेलसहित सञ्चारकर्मीको सहभागिता थियो ।