३ फागुन,काठमाडौँ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्तापक्षका दलहरूको बैठकमा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी भएनन्। बालुवाटारमा बसेको सत्तापक्षीय बैठकमा सत्तासाझेदारी अन्य दलका प्रमुख नेताहरू सहभागी भएपनि यादव अनुपस्थित भएका हुन्।
यादव नेतृत्वको जसपा, नेपाल भूमिसम्बन्धी अध्यादेशको विपक्षमा देखिएको छ । तर यादवले आफू काठमाडौँ बाहिर भएकाले आजको बैठकमा उपस्थित हुन नसकेको बताएका छन्।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुुल खानलगायत सहभागी भएका थिए।
बैठक केहीबेर अघि मात्रै सकिएको छ। बैठकमा सहभागी एक नेताका अनुसार समसामयिक राजनीति र अध्यादेशका सन्दर्भमा छलफल गर्न बसेको सत्तापक्षीय दलको बैठक सकारात्मक निष्कर्षसहित केही बेरअघि सम्पन्न भएको हो।