राजनीति

एकदमै खराब नियत ल्याएको अध्यादेश कुनै हालतमा पनि सर्मथन गर्दैनौँ : अध्यक्ष नेपाल

३ फागुन, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारले ल्याएको अध्यादेशमा आपत्ति जनाउदै कुनै हालतमा पनि सर्मथन नर्गर्ने दावी गरेका छन् ।

आज काठमाडौँमा आयोजित पार्टीको प्रथम अधिवेशनमा बोल्दै उनले संसद्को बिधेयकलाई मिचेर अध्यादेश ल्याएको आरोप लगाएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने “संसद्को अधिवेशन ल्याउने बेला सरकारले अध्यादेश ल्यायो । संसदीय समितिको बिचाराधीन बिधेयकहरु छन् । तिनीहरु सबैलाई मिचेर सरकारले अध्यादेश ल्याएको छ । यो अध्यादेश बिचौलियाको प्रभापमा परेर ल्याएको भएकाले हाम्रो पार्टी यसलाई सर्मथन गर्दैनौँ ।”

कार्यक्रममा बोल्दै उनले सामाजि सञ्जाल नियमन बिधेयक पनि सरकारले एकदमै खराब नियतले ल्याएको पुष्टि गरे ।