खेलकुद

मुख्य प्रशिक्षकका लागि क्यानले खुलायो आवेदन : अन्तिम मिति फेब्रुअरी २८ सम्म

३ फागुन, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले पुरुष राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको पदका लागि आवेदन आह्वान गरेको छ।

शनिबार क्यानले सार्वजनिक गरेको सूचनामा, प्रशिक्षकका लागि ५ वर्षको प्रशिक्षण अनुभव र ईसीबी वा क्रिकेट अस्ट्रेलियाको लेभल ३ वा सो सरहको मान्यता भएका व्यक्तिको आवश्यकता रहेको उल्लेख गरिएको छ।

क्यानले प्रशिक्षकको छनोटमा एसोसियट राष्ट्रको खेल गतिविधिबारे राम्रो ज्ञान भएका व्यक्तिलाई प्राथमिकता दिने जनाएको छ। इच्छुक व्यक्तिहरूले फेब्रुअरी २८ सम्म आवेदन दिनुपर्नेछ।