४ फागुन, काठमाडौँ । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने रु. २२ लाख ५० हजार रकम बराबरको कूल २२ लाख ५० हजार कित्ता साधारण शेयरहरु प्रति शेयर अंकित मूल्य १ सय का दरले सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि मिति २०८१ फाल्गुन ४ गते धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरि सम्झौता गरिरेको छ ।
न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु बीमा सेवा पु¥याउने लक्ष्य लिई यस ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेड वि.सं. २०८० साल कात्र्तिक महिना १२ गते निर्जीवन लघु बीमाको इजाजतपत्र प्राप्त गरी लघु निर्जीवन बीमा कम्पनीको हैसियतले मिति २०८०-१२-०१ गतेदेखि लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आएको हो ।
उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उज्वल ढुङ्गाना र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाद्वारा हस्ताक्षर गरिरेका छन् ।