खेलकुद

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल: आज नेपाल र किर्गिस्तान भिड्दै 

५ फागुन , काठमाडौँ।  दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदै छ। उक्त प्रतियोगितामा घरेलु टोली नेपाल र किर्गिस्तानले साँझ ६ बजे प्रतिस्पर्धा गर्नेछन्।

आज हुने दुई खेलमा पहिलो खेलमा दिउँसो २ बजे म्यानमार र लेबनान भिड्दै छन्। 

नेपालले ६ वर्षपछि किर्गिस्तानसँग खेल्न लागेको हो। यसअघि भएको खेलमा नेपालले ८–२ गोलले हराएको थियो। नेपालीलाई उपाधि यात्रा बलियो बनाउन तुलनात्मक रूपमा कमजोर किर्गिस्तानलाई पराजित गर्नुपर्छ। म्यानमार र लेबनान बलिया टोली हुन्।