५ फागुन, काठमाडौँ । पत्नीको ईच्छा बिपरित आफ्नो श्रिमान बाट अप्राकृतिक यौन सम्पर्क भएछि अदालतमा दर्ता भएको मुद्दाको फौसलामा आएपछि भारतमा आतंक मच्चिएको छ ।
बीबीसीका अनुसार सन् २०१९ मा आफ्नै श्रीमतीलाई बलात्कार गरेको र अप्राकृतिक यौन सम्पर्क राखेको अभियोगमा दोषी ठहर भएका ४० वर्षका पुरुषलाई छत्तिसगढको एक उच्च अदालतले गत सोमवार रिहा गर्न आदेश दिएको थियो ।
श्रीमान्बाट भएको उक्त हर्कतको केही घण्टामै श्रीमतीको मृत्यु भएको थियो।
उक्त घटनाको पछि दाषी ठहर भएर १० वर्षको कठोर कारावासको सजाय सुनाएको थियो। तर सोमवार उच्च अदालतका न्यायाधीश नरेन्द्र कुमार व्यासले ती पुरुषलाई सबै आरोपबाट सफाइ दिए। यसै फैसलाले भारतमा आक्रोश जन्माएको छ।