५ फागुन, काठमाडौँ । काठमाडौँमा आजबाट सुरु भएको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा म्यानमारले विजयी सुरुवात गरेको छ।लेबनानलाई ३-१ गोल अन्तरले पराजित गर्दै म्यानमारले विजयी सुरुवात गरेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भर्खरै सकिएको पहिलो खेलमा लेबनानलाई पराजित गर्दै म्यानमारले च्याम्पियनसिपमा सुखद सुरुवात गरेको हो। जितसँगै म्यानमारले अङ्क तालिकामा ३ अङ्क जोडेको छ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
खेलको ७५ औँ मिनेटमा सान थ को गोलमा म्यानमारले ३–१ को अग्रता बनायो। त्यसअघि खेलको ७२ औँ मिनेटमा म्यानमारले अग्रता दोब्बर पारेको थियो। यु पेर खिनको लामो क्रसमा सवि यी ले हेडर गोल गर्दै टोलीको अग्रता दोब्बर पारिन्।
खेलको ५७ औँ मिनेटमा म्यानमारले सुरुवाती अग्रता बनाएको थियो। मे थे मोनले दिएको पासलाई नियन्त्रणमा लिंदै कप्तान विन थिङगी टुनले बललाई पोष्टको जाली चुमाएकी थिइन्।
तर म्यानमारले यो अग्रतालाई लामो समय जोगाउन सकेन। खेलको ६० औँ मिनेटमा लेवनानकी लायला स्कन्दरले बराबरी गोल फर्काइन्। उनले डिबक्स एरिया बाहिर गोलरक्षक अघि बढेको मौकामा डिफेन्डर र गोलरक्षकलाई बिट गर्दै खाली पोष्टमा गोल गर्दै म्यानमारलाई खेलमा फर्काएकी थिइन्।
आजै साझा ६ बजे हुने दोस्रो खेलमा घरेलु टोली नेपाल र किर्गिस्तान भिड्दै छन्।