आर्थिक

 ब्यान्डेज बाधेर डिस्चार्ज भए अर्थमन्त्री पौडेल

५ फागुन, काठमाडौँ । पोखरा महोत्सव उद्घाटनका क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।कीर्तिपुर अस्पतालमा  ४८ घण्टा डाक्टरको निगरानीमा बसेर आज घर फर्किएका हुन्।  पौडेल अस्पतालबाट डिस्चार्ज हुँदा दुवै हात र घाँटीमा ब्यान्डेज बाँधेर निस्किएका थिए। 

अस्पताल प्रशासनले विज्ञप्ति मार्फत डिस्चार्ज गरिएको बताएको छ। पौडेलसँगै घाइते पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको भने उपचार जारी छ।

अर्थमन्त्री पौडेलको बेलुन पड्किँदा दुवै हात र घाँटीको केही भाग जलेको थियो। दुवै जनाको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नदेखिएकाले अर्थमन्त्री पौडेललाई अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालले बताएको थियो। 

उच्च रक्तचापको समस्या झेलिरहेका मेयर आचार्य भने अझै केही दिन अस्पतालमै रहने भएका छन् । उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेको बताइएको छ।