खेलकुद

महिला च्याम्पियनसिप फुटबल:  किर्गिस्तानविरुद्ध नेपालको सुरुवाती अग्रता

५ फागुन, काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालले किर्गिस्तानविरुद्ध सुरुवाती अग्रता लिएको छ।  खेलको १० औँ मिनेटमा विमला चौधरीको गोलमा नेपालले १–० को अग्रता लिएको हो।

सविता राना मगरको क्रस पासमा विमलाले हेडमार्फत गोल गरिन्। खेलको सुरुवातबाटै नेपालले किर्गिस्तानलाई दबाबमा राखेको थियो।