आर्थिक

गुहेश्वरी मर्चेन्ट द्वारा डिजीटल बैंकिङ्ग र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.ले काठमाडौं महानगरपालिका वडा नंं ६ बौद्धमा अवस्थित अरुणिमा एजुकेशन फाउन्डेसनका विद्यार्थीहरुको वित्तीय जानकारी अभिबृद्धिका लागि डिजीटल बैंकिङ्ग सम्बन्धमा जानकारी दिने गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
डिजिटल बैंकिङ्ग अन्तर्गत ग्राहकहरूले जुनसुकै स्थानबाट बैंकिङ सेवा प्रयोग गर्न सकिने हुँदा समय र श्रमको बचत भई आफ्नो खाता र बैंकिङ्ग कारोवारलाई सुरक्षित राख्न पासवर्ड र दुई–चरण प्रमाणीकरण जस्ता उपायहरू प्रयोग गर्न सकिने, आफ्नो खाता र बैंकिङ्ग कारोवारको जानकारी तुरुन्तै लिन सक्ने, मोबाइल एप्स र वेबसाइटहरू मार्फत सजिलै पैसा पठाउन र प्राप्त गर्न सकिने विषयमा वित्तिय जानकारी दिई डिजिटल बैंकिङ्ग बारे वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।

उक्त कार्यक्रममा संस्थाका बौद्ध शाखाका शाखा प्रबन्धक दिगम्बर श्रेष्ठ, सूचना प्रविधी विभाग का विभागिय प्रमुख सुजन डंगोल तथा अन्य कर्मचारीहरुको र अरुणिमा एजुकेशन फाउन्डेसनका तर्फबाट प्रिन्सिपल ईश्वरी प्रसाद न्यौपानेको समुपस्थिति रहेको थियो ।

संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत यस संस्थाले विगत वर्ष देखि नै वित्तीय साक्षरता तथा सामाजिक कार्यमा सहभागीता जनाउँदै आईरहेकोे छ । आगामी दिनहरुमा पनि यसै गरी निरन्तरता दिने कुरामा यस संस्था प्रतिबद्व छ ।
संस्थाले मुलुकभर २३ वटा शाखा कार्यालयहरु, ४ वटा विस्तारित काउण्टरहरुबाट सेवा प्रदान गर्दै ए.टि.एम सेवा, safe deposit लकर सेवा, डिम्याट खाता, मोबाइल बैकिङ्ग सेवाहरु जस्ता आधुनिक बैकिङ्ग सेवाहरु प्रदान गर्दै आईरहेको छ ।