अन्तर्राष्ट्रिय

क्यानडामा अवतरण गर्ने क्रममा विमान पल्टियो, १५ जना घाइते

 ६ फागुन,काठमाडौँ। क्यानडाको टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा ८० जना सवार विमान अवतरणका क्रममा पल्टिएको छ। 

अमेरिकी सङ्घीय उड्डयन प्रशासनका अनुसार डेल्टा एयर लाइन्सको उडान ४८१९ स्थानीय समय सोमबार दिउँसो २:४५ बजे अवतरण गर्ने क्रममा पल्टिएको हो। 

चिकित्सा सहायतामा संलग्न टोलीका अनुसार यस घटनामा १५ जना घाइते भएका छन्, जसमध्ये तीन जनाको अवस्था गम्भीर छ। गम्भीर घाइतेमा एक बालक र दुई वयस्क छन्।

एफएएका अनुसार सबै यात्रुलाई विमानबाट बाहिर निकालिएको थियो। विमान पल्टिनुको कारण अझै थाहा हुन सकेको छैन।

 बिबिसीका अनुसार क्यानडाकी यातायात मन्त्रीले यो घटनामा आफूले निगरानी राखेको बताएकी छन्।