अन्तर्राष्ट्रिय

कजाकस्तानमा खानी दुर्घटनामा ७ जनाको मृत्यु

६ फागुन, अल्माटी । काजाकिस्तानको उल्टाउ क्षेत्रमा सोमबार राति एउटा खानी भत्किँदा सात जनाको मृत्यु भएको देशको काजिनफर्म समाचार एजेन्सीले जनाएको छ ।

दुर्घटनाको समयमा सात जना खानीमा फसेका थिए । मङ्गलबार बिहानसम्म सातै खानी मजदुरको शव निकालिएको थियो ।

कजाखका राष्ट्रपति कासिम–जोमार्ट तोकायेभले सरकारलाई घटनाको कारणहरूको गहिरो अनुसन्धान गर्न आदेश दिए । त्यसका लागि विशेष आयोग गठन गरिएको छ ।

खानी कम्पनी कजाख्मिसको प्रारम्भिक निष्कर्षले प्राकृतिक ग्यास विस्फोटका कारण खानी भत्किएको देखाएको छ ।