१० फागुन, काठमाडौं । राष्ट्रिय टोलीका पूर्वकप्तान नवयुग श्रेष्ठ नेपाल सुपर लिग (एनएसएल) को अक्सनमा अनसोल्ड भएका छन्। क्याटोगोरी बी का नवयुगलाई १ लाख ५० हजार रुपैयाँमामा खरिद गर्न कुनै टोलीले चासो नदेखाएपछि उनी अनसोल्ड भएका हुन्।
यता मिडफिल्डर मणिकुमार लामा भने सर्वाधिक महँगोमा बिक्री भएका छन्। शनिवार जारी एनएसएलको मिनी अक्सनमा मणि गोलाप्रथाबाट ललितपुर सिटी एफसी पुगेका हुन्।
क्याटेगोरी ए का मणि सर्वाधिक ४ लाख रुपैयाँमा बिक्री भएका हुन् । उनी अघिल्लो सिजन बुटबल लुम्बिनीबाट खेलेका थिए।