१०फागुन, जनकपुर । धनुषामा विपन्न वर्गका लागि कृषिखाद्य परियोजना सुरु भएको छ । विपन्न किसानहरुको सुधार र खाद्य सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले प्रकृतिमा आधारित कृषि खाद्य परियोजना आजदेखि प्रारम्भ भएको हो ।
परियोजनाको मधेश प्रदेशका भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव विनयकुमार कर्णले आज यहाँ आयोजित एक कार्यक्रममा शुभारम्भ गरे।
आगामी चार वर्षसम्म सञ्चालन हुने उक्त परियोजना गणेशमान चारनाथ नगरपालिका, शहीदनगर नगरपालिका र जनकनन्दिनी गाउँपालिकासहित अन्य तीनवटा पालिकामा कार्यान्वयन गरिने जानकारी परियोजना शुभारम्भ कार्यक्रममा दिइएको छ ।
परियोजनाबाट धनुषाका पाँच हजार सीमान्तकृत परिवारको खाद्य सुरक्षामा सुधार गर्ने लक्ष्य छ । परियोजनाबाट दुई सय किसान समूह गठन गरी तिनमा आबद्ध सदस्यलाई बिऊबिजनलगायत कृषि सामग्री पनि वितरण गरिनेछ ।