राजनीति

बालकोटको घर राधिकाले बनाएकी हुन्, त्यो पनि ट्रस्टलाई दान गरिसकेका छौँ :प्रधानमन्त्री ओली 

१० फागुन, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको बालकोटमा रहेको घर आफूले कमाएर नबनाएको बताएका छन्। 

शनिवार प्रथम महिला राधिका शाक्यको आत्मकथा करुणाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले उक्त घर आफ्नो बलबुँताले बनाएको नभई श्रीमती राधिका शाक्यको कमाइबाट बनाएको बताएका हुन्। 

उनले उक्त घर पनि नेपाल ट्रस्टलाई दान गरिसकेको समेत बताए । आफू जति श्रीमतीसँग खुसी मानिस अर्को सायदै हुने भन्दै प्रधानमन्त्री ओलीले श्रीमती राधिका नहुने हो भने अहिलेसम्म आफू नबाच्ने पनि बताएका थिए।