अन्तर्राष्ट्रिय

युएसएआइडीका २ हजार कर्मचारीको जागिर गयो, स्थायी कर्मचारीलाई भने प्रशासनिक बिदा

१२ फागुन, काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय (युएसएआइडीयु)का दुई हजार कर्मचारीहरूलाई बिदा दिने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सिएनएनका अनुसार बाँकी रहेका अधिकांश  स्थायी कर्मचारीहरूलाई प्रशासनिक बिदामा राख्ने निर्णय भएको हो। 

युएसएआइडीका लगभग दुइ हजार कर्मचारीहरूलाई आइतबार देखि बिदामा राखिएको छ। बाँकी रहेका स्थायी कर्मचारीहरूलाई प्रशासनिक बिदामा राखिएको हो । सिएनएनका अनुसार कामदारहरूलाई इमेल बाटजानकारी गराइएको थियो।

महत्त्वपूर्ण मिसनका कार्यहरू, विशेष रूपमा तोकिएका कार्यक्रमहरूको लागि तोकिएका कर्मचारीहरू बाहेक युएसएआईडीमा नियुक्त गरिएका सबै कर्मचारीहरूलाई विश्वव्यापी रूपमा प्रशासनिक बिदामा राख्ने निर्णय भएको बताइएको छ। शुक्रवार एक सङ्घीय न्यायाधीशले निकायका हजारौँ कर्मचारीहरूलाई बिदामा राख्नबाट सरकारलाई रोक्ने अस्थायी प्रतिबन्ध आदेश खारेज गरेपछि ट्रम्प प्रशासनले यो निर्णय लिएको हो। 

युएसएआईडीमा भएको यो परिवर्तनले अन्तर्राष्ट्रिय समुदायमा अमेरिकाको छविमा असर पार्न सक्ने विश्लेषण हुन थालेको छ। विशेष गरी युएसएआईडीले महत्त्वपूर्ण सहायता प्रदान गर्दै आएको देशहरूमा यसको ठुलो असर पर्ने देखिएको हो। छ। यसले अमेरिकी कूटनीतिमा नकारात्मक या सकारात्मक दुवै हिसाबले दीर्घकालीन प्रभाव पार्न सक्ने बताइएको छ।