राजनीति

महामन्त्री थापा भन्छन् ‘अब त्यो गल्ती दोहोरिने छैन मतदातासँग माफी माग्न चाहन्छु ’

१२ फागुन, काठमाडौँ ।  नेपाली काँग्रेसका महामन्त्री गगन थापाले मतदातालाई फरक चिन्हमा मतदान गर्न लगाएको प्रति  मतदातासँग माफी मागेका छन् ।

आज  प्युठानमा आयोजित सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले अघिल्लो निर्वाचनमा मतदातालाई फरक चिन्हमा मतदान गर्न लगाएकोमा माफी मागेका हुन् ।

उनले भने ‘अघिल्लो निर्वाचनमा यहाँ पनि हामीले गिलास चिन्हमा मतदान गर्न लगायौँ । म यहाँका मतदातासँग माफी माग्न चाहन्छु,’ महामन्त्री थापाले भने,’अबको निर्वाचनमा त्यो गल्ती दोहोरिने छैन।,’ 

उनले अबको निर्वाचनमा यस्तो गल्ती नगर्ने बताउँदै भने,‘हामीले अघिल्लो पटक गल्ती गर्‍यौँ, अब यस्तो गल्ती दोहोर्‍याउँदैनौ,’ थापाले भने । 

नेपाली काँग्रेसले अघिल्लो निर्वाचनमा माओवादी केन्द्र लगायत विभिन्न दलहरूसँग  गठबन्धन बनाएर चुनाव लडेको थियो। महामन्त्री थापा भने उक्त गठबन्धनको विपक्षमा रहँदै आफ्नो भनाइहरू राख्दै आएका छन्। 

काँग्रेसले एक्लो चुनाव लड्नु पर्ने उनको भनाइ छ।