राजनीति

राज्यमन्त्री तामाङले आफ्नै पार्टीका मन्त्री खड्काको कुलमानलाई हटाउने प्रस्तावको यसरी गरे कडा बिरोध !

१२ फागुन, काठमाडौँ । उर्जा तथा जलस्रोतमन्त्री दिपक खड्काले नेपाल बिद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पद बाद हटाउन प्रस्ताव मन्त्रीपरिषद्को बैठकमा राखेका छन् ।

आज साझँ बालुवाटार बसेको मन्त्रीपरिषद्को बैठकमा उनले उक्त प्रस्ताव राखेका हुन् । उक्त निर्णयको बिरोध गर्दै बैठकमा राज्यमन्त्री पुर्ण बहादुर तामाङले मन्त्री भए भन्दैमा जे पाए त्यहि गर्ने नहुने औँल्याएका छन् ।

कुलमान घिसिङलाई नहटाउन पक्षमा आफु रहेको बताउदै उनले भने “सरकार पनि जनताले बनाएको हो । जनताले भोट दिएर नै हामी माननिय भएका हौँ । जनताको पक्ष भएको कुलमानलाई हटाउन मिल्छ ? मेरो कुरा भनेको कुलमानलाई राख्नुपर्छ हटाउने कुरा मन्त्री खड्कालाई नै सोध्नुहोला”