१४ फागुन, काठमाडौँ । चार राष्ट्र सम्मीलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज साँझ ६ बजे सुरु हुँदै छ । उपाधिका लागि घरेलु टोली नेपाल र म्यानमार आमान्ने सामुन्ने हुँदैछन्।
नेपालले पछिल्लो खेलबाट दुई परिवर्तन गरेको छ । अघिल्लो खेलमा बेन्चमा बसेकी कप्तान एन्जिला तुम्बापो सुब्बा र रेखा पौडेल नियमित टिममा फर्किएका छन् ।
त्यस्तै म्यानमारको टोलीमा भने व्यापक परिवर्तन गरिएको छ । अघिल्लो खेलबाट पहिलो रोजाइमा परेका ८ खेलाडीलाई बेन्चमा राख्दै वाकी खेलाडीलाई प्राथमिकतामा राखेको छ। समूह चरणको खेल नेपाल र म्यानमारले २-२ गोलको बराबरी खेलेका थिए।